होटल क्षेत्रबाट वार्षिक २० अर्ब कर



यमलाल भुसाल, बुटवल

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले मुलुकभरका होटल व्यवसायीले सरकारी सुविधा लिनका लागि पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न आग्रह गर्नु भएको छ । उहाँले ठूला लगानीका व्यवसायीले सरकारवाट राहत लिनका लागि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न जरुरी रहेको उल्लेख गर्दै मुलुकभर ८० हजार होटल व्यवसायी रहेको र उनीहरूले वार्षिक २० अर्ब सरकारलाई कर तिर्दै दाबी गर्नुभयो । उहाँले होटल तथा पर्यटन व्यवसायीले मुलुकमा ३ खर्ब रुपियाँ लगानी गरेकाले लगानीको सुरक्षाका लागि सरकार गम्ीभर हुनुपर्नेमा जोड दिनुभयो ।

कोरोना माहामारीले थला परेको होटल व्यवसायीलाई सरकारी सहयोग ल्याउनका लागि पनि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्नुपर्ने भएकाले दर्तामा जान व्यवजसायीलाई आह्वान गर्नुभयो । बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ सञ्चालमा ल्याइएको रिज विन्स क्याफे एन्ड रेष्टुरेन्टको शुरूआत गदै अध्यक्ष शाहले व्यवसायीलाई सहुलियपूर्ण ऋणका लागि महासंघले ग्लोबल आइएमई बैकंसंग सम्झौता गरेको पनि बताउनुभयो । रिज विन्स क्याफे एन्ड रेष्टुरेन्टका सञ्चालक यमु थापाले आधुनिक शैली र पारिवारिक रुपमा व्यवस्थापन गर्ने गरी २ करोडको लागतमा व्यवसाय सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्