नयाँ शहर स्थापना प्राथमिकतामा : मन्त्री साह



gjlgo’Qm dGqL ;fx sf7df8f}F, !@ k”; M gjlgo’Qm ;x/L ljsf;dGqL k|e” ;fx dGqfnodf cfOtaf/ cfˆgf] sfo{ef/ ;dfNg] qmddf ;~rf/sdL{;Fu ;+lIfKt s’/fsfgL ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ ।

नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उहाँले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गर्नुभयो । त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उहाँको भनाइ थियो ।

“सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”, उहाँले भन्नुभयो ।

गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली यही पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएका कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिनुभयो ।

शहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै उहाँले सन्थाल बस्तीमा आवास निर्माण गर्ने, राजधानीका विभिन्न स्थानमा साइकल लेन बनाउने कामलाई मन्त्रालयले प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । ललितपुर महानगरपालिकाले मन्त्री निवास पुल्चोकअघि साइकल लेन निर्माण गरेकाले अरु नगरपालिकालाई पनि कार्यान्वयनका लागि प्रोत्साहन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

गौरवका आयोजनाका रुपमा रहेको गोदावरी नपामा तीन हजार सिट क्षमताको गोदावरी अन्तरराष्ट्रिय सभागृह निर्माणले माघमा अन्तिम रुप पाउने गरी काम अघि बढाउन आफूले निर्देशन दिएको सो अवसरमा उहाँले बताउनुभयो । सो अवसरमा राज्यमन्त्री रामवीर मानन्धरले मुखले बोलेको कुरालाई कार्यान्वयन गराउन आफू लागिपरेको बताउनुभयो ।

विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिनुहुन्छ । उहाँ विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्