पहिरोपीडितलाई सहयोग



पाल्पा, (नेस)

पहिरोपीडितलाई पाल्पाली समाज यूके (पाल्पाली भञ्ज्याङ परिवार) ले आर्थिक सहयोग गरेको छ । शनिबार समाजले गत भदौ २५ गते पहिरोले गोठ भत्किँदा ज्यान गुमाएका बगनासकाली गाउँपालिका–७ अलैंचेका २२ वर्षीय सुमन कनौजेको परिवारलाई ५० हजार रुपियाँ प्रदान गरेको हो ।

स्वर्गीय कनौजेकै घरमा पुगेर समाज पाल्पाली भञ्याङका प्रतिनिधि इन्द्र थापा मगर र वडाध्यक्ष गुनबहादुर बुढाथोकीले सो सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले पीडित परिवारलाई समाजले देखाएको सहयोग र सद्भाव प्रशंसनीय रहेको बताउनुभयो ।

यस्तै समाजले े पहिरोले घरबार बिहिन भएका रम्भा गाउँपालिका २ फोक्सिङ्कोटका १२ घर परिवारलाई समेत समाजले प्रति घर परिवार १२ हजार ६ सयका दरले एक लाख एकाउन्न हजार दुई सय आर्थिक सहयोग प्रदान गरेको हो ।
त्यस्तै, खानीगाउँ र फोक्सिङकोटका पहिरोपीडितलाई पनि आर्थिक सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्