बाबा फाउण्डेशनले बाँड्यो स्टेशनरी सामाग्री



न्युज अफ नेपाल, कास्की ।

बाबा फ़ाउण्डेशन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडसँगको सहकार्यमा डस्विन तथा स्टेशनरी सामग्री वितरण गरेको छ । शनिवार फ़ाउण्डेशनले पोखरा महानगरपालिका वडा नं १८ स्थित चिसाखोला बेद बिधाश्रममा सो सामग्री वितरण गरेको हो ।

बिधाश्रम परिसरमा आयोजित एक समारोहमा बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पशुपति शर्मा लगायतले बिधाश्रमका प्रमुख शंरक्षक मोक्षनाथ तिमिल्सिनालाई संयुक्त रुपमा स्टेशनरी सामाग्री सहित तिन थान डस्विन बितरण गरेका थिए ।

कार्यक्रममा बिधाश्रमको माग अनुसार वितरण गरिएको फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिनुभयो। बेद बिधाश्रममा ६ कक्षा देख़ि १२ कक्षासम्म अध्ययन गर्ने ४० जना बिधार्थीहरूलाई कपि कलम वितरण गरिएको थियो।

बिधाश्रमका प्रमुख शंरक्षक मोक्षनाथ तिमिल्सिनाले दिएको जानकारी अनुसार बिधाश्रममा पूर्व मेची देख़ि पश्चिम महाकालीसम्मका वैदिक संस्कृत शिक्षा र आधुनिक शिक्षा अध्ययन गर्न चाहने गरिव तथा जेहेन्दार बिधार्थीहरूले निशुल्क आवासिय सुविधा सहित पठन पाठन गर्दै आइरहेका छन ।

उहाँका अनुसार सेवा लिईरहेका बिधार्थीहरूको लागि दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरू जुटाउन कठिन भईरहेको हुँदा सहयोगको लागि माग़ गर्नुपरेको भनाई रहेको थियो । बितरण समारोहमा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पशुपति शर्माले मानविय सेवाका कार्य अन्तर्गत यस बिधाश्रममा वैदिक संस्कृत शिक्षा र आधुनिक शिक्षा अध्ययनरत बिधार्थीहरूलाई शैक्षिक समाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भएको थियो ।

बाबा फाउण्डेशनका अध्यक्ष श्रेष्ठले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको बताउनुभयो । बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण कपि कलमको समस्याले बिधार्थीहरुमा पठन पाठनमा कठिनाई भएको बिधाश्रम प्रशासनबाट प्राप्त सुचना अनुसार शैक्षिक समाग्री बितरण गरिएको बताउनु भयो।

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पशुपति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरीयन अमृतराज बास्तोला, फ़ाउण्डेशनका कार्यसमिति सदस्य नवराज बसौला, फ़ाउण्डेशनका सहयोगी सुजाता ढकाल र अनुपा अधिकारी लगाएतले शिक्षाको महत्व बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्