मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



 काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशसभामा नेकपाका संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाईमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्तावमा नेकपाका ४४ जना सांसदले हस्ताक्षर गर्नु भएको छ । प्रदेशसभामा नेकपाका ८० जना सांसद रहेपनि अहिले माधव नेपाल र प्रचण्ड पक्षका ४४ जना सांसदले हस्ताक्षर गर्नु भएको हाे । कांग्रेसका २२ जना सांसद गरेर बागमति प्रदेशसभामा जम्मा १ सय १० जना सांसद हुनुहुन्छ ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै प्रदेशमा पनि ओली निकट मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने क्रम बढेको हो ।बागमतीसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लूम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल ओली निकटका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्