युनाइटेड काराबाओ कपको सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको क्वार्टरफाइनलअन्तर्गत बुधबार राति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै अर्का प्रतिस्पर्धी टोली एभर्टनलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
गुडिसन पार्कमा भएको उक्त प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा एडिन्सन काभानीले गोल गरेर युनाइटेडलाई जिततर्फ अग्रसर गराएका थिए । त्यस्तै, खेलमा थपिएको इन्ज्युरी समयको छैटौं मिनेटमा एन्थोनी मार्सियालले गोल गरेपछि खेल युनाइटेडले २–० ले जित्यो ।
यससँगै प्रतियोगिताको अन्तिम चारमा पुग्ने चारवटै टोलीको समेत टुंगो लागेको छ । प्रतियोगिताको सेमिफाइनलमा टोटेनह्याम हट्सपरले ब्रेन्टफोर्डको सामना गर्नेछ भने म्यानचेस्टर युनाइटेडले आफ्नै शहरको चीरप्रतिद्वन्दी म्यानचेस्टर सिटीको चुनौती पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्