तावाभञ्ज्याङ–चखेवा–टेम्के मुन्धुम ट्रेल शिलान्यास



खोटाङ, (नेस)
खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमामा पर्ने पर्यटकीयस्थल तावा भञ्ज्याङदेखि चखेवा भञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग) शिलान्यास भएको छ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गर्न लागिएको हो ।

सरकारले निर्धारण गरेको १ सय वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा उक्त पदमार्गलाई रहेको छ । पदमार्ग निर्माण गर्न साकेला गाउँपालिका, प्रदेश सरकार र स्वीस सरकार विकास नियोगको त्रिपक्षीय लगानी रहनेछ ।
प्रस्तावित पदमार्ग निर्माण गर्न साकेला गाउँपालिकाको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको तर्फबाट ३५ प्रतिशत अनुदान सहयोग रहने भएको हो ।सरकारको तीनवटै तह तथा स्वीस सरकारबाट प्राप्त जम्मा ९८ लाख ८५ हजार ६ सय ३९ को लागतमा उक्त पदमार्ग निर्माण हुने गाउँपालिका प्रमुख अर्जुनकुुुमार खड्का ‘झंकार’ ले बताउनुभयो ।

करिब १० किलोमिटर लामो उक्त पदमार्गको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले शुक्रबार औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो । मुन्धुम ट्रेलबाट खोटाङ र भोजपुरले धेरै ठँलो आम्दानी लिन सक्ने सम्भावना रहेको प्रदेश सांसद पासाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्