विदेशबाट नेपाल आउने सबैले १० दिनको क्वारेन्टाइनपछि कोरोना परीक्षण गर्नु पर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

संयुक्त अधिराज्यमा हालै नयाँ प्रकारको कोरोना भाईरको प्रजाती देखा परेको सन्दभमा सो भाईरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परिक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको छ ।

संयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिरहेका बेला यही समय नेपाल आएका यात्रुलाई अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार जारी गर्नुभएको सूचनामा पुष १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको उल्लेख गर्नुभएको छ ।

संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिन भित्र पिसिआर परिक्षणका लागि निःशुल्क व्यवस्था मिलाईएको पनि उहाँले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

डा.गौतमले सरकारी प्रयोगशालामा गएर नि शुल्क परीक्षण गर्न सकिने समेत उल्लेख गर्नुभएको छ । एकबर्ष देखि फैलिएको कोरोना भाईरसले विश्वलाई नै त्रास सृजना गरिरहेको बेला पुनः नयाँ भाईरसले यतिबेला बिश्वलाई सोच्न बाध्य बनाएको छ । नेपालले पनि कोरोना भाईरसबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहासुकै फैलन सक्न माध्यम भनेको बिदेशको यात्रा भएको पहिचान गरि बुधबारदेखि उच्च सतर्कता अपनाउनका लागि सरकारले रंयुक्त राज्यबाट र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।

इटालीमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । इटालीका स्वास्थ्यमन्त्रीले बेलायतमा नयाँ स्ट्रेनको बिरामी भेटिएको र यो हालै बेलायतमा फेला परेको भाइरस रहेको जानकारी दिनुभएको छ ।उहाँका अनुसार,नयाँ कोरोना भाइरस देखिएका बिरामी केही दिन अघिमात्रै बेलायतबाट इटाली आउनुभएको थियो ।

धेरै यूरोपियन देश तथा कुवेत लगायतका देशहरुले बेलायतबाट हुने उडानमा रोक लगाइएको छ । ‘नयाँ कोरोना भाइरस अनियन्त्रित छ,’ बेलायती स्वास्थ्य सचिव माट हन्ककले बताउनुभयो । विश्वभर ७ करोड ६० लाख मानिस कोरोना संक्रमित भइसकेका छज् भने १७ लाख संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा नयाँ स्ट्रेनको कोरोना भाइरस देखिएपछि टर्कीले बेलायत, नेदरल्याण्ड, डेनमार्क र दक्षिण अफ्रिकाबाट हुने उडानमा रोक लगाएको छ । इरानले पनि २ हप्ताका लागि बेलायतबाट उडान बन्द गरेको छ । फ्रान्सले पनि ४८ घण्टाका लागि बेलायतबाट हुने उडान रद्द गरेको छ । साथै, जर्मनी, बेल्जियम,अष्ट्रियाले पनि बेलायतबाट हुने यात्रामा रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्