राष्ट्रपति ट्रम्पले दिए १५ जनालाई आममाफी



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो कार्यकाल समाप्त हुनु ठीक अघि १५ जनालाई आममाफी दिएको छ । ट्रम्पले मंगलबार रिपब्लिकन पार्टीका केही सदस्य, सन् २०१६ मा रुसी हस्तक्षेप सम्बन्धी जाँचमा दोषी ठहरिएका एक अधिकारी र बग्दादमा सन् २००७ मा भएको नरसंहारको घटनामा दोषी पाइएका एक पुर्व सरकारी ठेकेदार सहित १५ जनालाई आम माफी दिएको छ । यद्यपी विकिलिक्सका संस्थापक जुलियन असान्ज भने अहिले पनि ट्रम्पको दयाको पर्खाइमा छन् ।

ट्रम्पले क्यालिफोर्नियाका पुर्व प्रतिनिधि रिपब्लिकन सदस्य डंकन हन्टर र न्युयोर्कका पुर्व प्रतिनिधि क्रिस कलिन्सलाई माफी दिएको छ । कलिन्सले एउटा सानो औषधी कम्पनीको औषधी परीक्षण विफल भएको थाहा पाएपछि आफ्नो छोरा र अन्य केही ब्यक्तीलाई त्यसको जानकारी दिएर सेयर बजारमा हुन सक्ने ८ लाख डलरको नोक्सानबाट बच्न मद्दत गरेको स्विकार गरेका थिए ।

त्यसपछि कलिन्सलाई दुई बर्ष दुई महिनाको जेल सजायँ भएको थियो । हन्टरलाई चुनाव प्रसार अभियानमा पैसा हिनामिना गरेको र त्यो पैसा आफ्ना साथीसँग घुम्न र छोरीको जन्मदिनको पार्टीमा खर्च गरेकोमा ११ महिनाको जेल सजायँ भएको थियो । तर संयुक्त राष्ट्र र जुलियन असान्जका पार्टनरको अपिलका बावजुद विकिलिक्सका संस्थापकलाई माफ गर्ने विषयमा ट्रम्पले कुनै फैसला लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्