धरान शहर सार्वजनिक



धराने गायक ज्ञान सुब्बाको धरान शहर बोलको गीतको म्युजिक भिडियो धरानमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
गीतको शब्दअनुरूप धरान तथा त्यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटारसम्मका विभिन्न पर्यटकीय क्षेत्र कैद गरिएको गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ। भूपेन्द्र तुम्बहाम्फेको छायांकन र निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा रेखा लिम्बु, विनोद बस्नेत, बादल श्रेष्ठ, जोयना लिम्बु, विपना श्रेष्ठ, निशान लिम्बु र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ।
कार्यक्रममा गायक सुब्बाका अन्य दुई गीत ओ व्यस्तजीवन र हि“उदोको घाम बोलका गीतको म्युजिक भिडियोसमेत देखाइएको थियो। कार्यक्रममा संगीतकार भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस् भन्ने अभिप्रायले यो गीत र भिडियो तयार पारिएको बताए।

प्रतिक्रिया दिनुहोस्