स्कटको दुर्लभ कीर्तिमान



आइतबार लिड्स युनाइटेडलाई गोलको वर्षा गरेको खेलमा म्यानचेस्टर युनाइटेडका युवा खेलाडी स्कट म्याकटोमिनेले प्रिमियर लिग फुटबलको इतिहासमै दुर्लभ कीर्तिमान बनाएका छन् । उक्त खेलमा लिड्स युनाइटेडलाई ६–२ ले हराउने क्रममा दुई गोलको योगदान गरेका २४ वर्षीय स्कटले प्रिमियर लिगको इतिहासमै सबैभन्दा छिटो दुई गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले खेल सुरु भएको तीन मिनेटभित्रै दुई गोल गरेका थिए । प्रिमियर लिगमा सुरुआती तीन मिनेटमा दुई गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् ।

स्कटले खेलको दोस्रो र तेस्रो मिनेटमा गरेर दुई गोल गरेका थिए । उनले पहिलो गोल ब्रुनो फर्नान्डेजको पासमा गरेका थिए भने दोस्रो गोल एन्थोनी मार्सियालको पासमा गरेका थिए । उनले पाएका दुवै अवसरमा निकै द्रुतगतिमा चलाखीपूर्वक फिनिसिङ गर्दै गोल गरेका थिए । स्कटले जारी सिजन लिगमा यसअघि १० म्याच खेले पनि कुनै गोल गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्