पालिकाले वितरण गरे विपन्न बालबालिकालाई शैक्षिक सामाग्री



बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोट कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका८ सय ३१ जना विपन्न तथा सिमान्तकृत बर्गका बालवालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समिति, बाल अधिकार संरक्षण समितिले छनौट गरेका कुसे गाउँपालिकाका २ सय ८१ र छेडागाड नगरपालिकाका ५ सय ५० बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

कोरोना भाईरसका कारण लामो समय विद्यालय बन्द भएपछि घरमै वसेका चिसो मौसमको शुरु भएसगै बन्द भएका विद्यालय खुलेपछि शैक्षिक सामाग्री र न्यानो कपडाको अभावमा विद्यालय सम्म पुग्न नसकेका गरिव तथा सिमान्तकृत बर्गका बालबालिकालाई छनौट गरि न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

कुशे गाउँपालिकाका सवै वडाका २ सय ७७ जना बिपन्न र सिमान्तकृत ४ जना बहुअपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । छेडागाड नगरपालिकाका पजारु, सुवानाउनी, दशेरा, झाप्रा, साल्मा र कार्कीगाउँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पारिवारिक स्थिति छनौट गरि गरिव तथा विपन्न सिमान्तकृत बर्गको सुचिमा पर्ने बालवालिकालाई सामाग्री वितरण गरेको हो ।

गरिवी र बिपन्नताले विद्यालय छोड्नु पर्ने अवस्थामा रहेका बालविलकालाई कुुसे र छेडागाड नगरपालिकाको समन्यवमा सहयात्रा परियोजनाले झोला, कापी कलम, सट पाईन्ट स्वीटर, जुत्ता, कलर पेन्सिल, ज्यामिति लगाएत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको पालिकाले जनाएका छन् ।

कुुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले चिसो मौसममा न्यानो कपडा र शैक्षिक सामाग्रीको अभावमा विद्यालय छोड्नु पर्ने अवस्थामा पुगेका बालवालिकालाई विद्यालयको पहुच सम्म पुरयाउन हौसला दिएको वताउदै शैक्षिक विकासमा विपन्न वर्गका बालबालिकालाई गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष वस्नेतको भनाई छ ।

शैक्षिक सामाग्री र न्यानो कपडा हस्तान्तर गर्दै गाउँपालिकाका अध्यक्ष वस्नेतले विद्यालय सामाग्री र न्यानो कपडा नपाएर विद्यालयबाट वन्चित भएका बालवालिकालाई नियामित विद्यालयमा आएर क्षमता अनुसारको शिक्षा हासिल गर्न बालवालिकालाई अध्यक्ष वस्नेतले सुझाव दिनु भएको थियो ।

सेभ द चिल्ड्रेनको सहयोगमा पालिकामा संचालित कार्यक्रमबाट कुसे र छेडागाड नगरपालिकाका विद्यालय व्यवस्थापन समिति,गाउँ बाल अधिकार संरक्षण समितिले छनौट गरेका बिपन्न, दलित अनाथ लगाएतका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

जाडो मौसममा गरिवीका कारण न्यानो कपडा शैक्षिक सामाग्रीको अभावमा विद्यालयको पहुच बाहिर रहेका सामाग्री अभावका कारण विद्यालय छोड्ने दर बढिरहेकोले प्रति बालबालिकालाई करिव तिन हजार बरावरको दरले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको सहयोगी संस्थाका छवि पन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्