कोरोना कहर : हावातालमा नौं महिनादेखि सीमा नाका बन्द



कृष्णउदास खनाल, वीरगन्ज ।

नेपाल भारतको अन्तरगतको नेपाल तर्फको नाका ९ महिनासम्ममा पनि औपचारिक रुपमा संचालनमा आउन नसक्दा नेपाली पक्षले घाटा ब्यहोर्न परेको छ । सरकारले ०७६ साल चैत ११ गते कोरोना भाइरस फैलन नदिने भन्दै सीमा नाका बन्द गरेपछि हालसम्म पनि वीरगन्ज नाका बन्द नै रहेको हो ।

यद्यपी भारतबाट नेपाल आउने सामान लगायत सर्वसाधारण यात्रहरुको ओहोरदोहोर भने कायमै रहेको छ । नाका खुलाउन माग गर्दै बिगत २२ दिनदेखि नाकाको धर्नामा रहेको नेपाल भारत सीमा संवाद समूहले पनि बिरोध कार्यक्रमको स्वरुप परिवर्तन गरेको छ । मंसीर मसान्तसम्ममा नाका खुलाउने कुरा भएप्नि सरकारले पुनः पुस मसान्तको समय सीमा निर्धारण गरेका कारण आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी सरकारलाई दबाब दिन लागेको सो समूहकी सदस्य रम्भा मिश्राले बताउनुभयो ।

उहाँले सरकारले आफूहरुको कुरा सुनुवाइ नगरेका कारण आन्दोलनको स्वरुप परिवर्तन गर्न लागिएको बताउनुभयो । सीमा नाका बन्द हुँदा आफूहरुलाई ठूलो घाटा भएको होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । उहाँले भारत तर्फ खुलै रहेको सीमा नाका नेपाल तर्फ पनि खुला रहेको तर औपचारिक रुपबाट सरकारले खुला नगर्दा भारतीय पर्यटकहरु नेपालमा आउन नपाएको र जसका कारण पर्यटन ब्यवसाय एकदमै सिथिल बनेको बताउनुभयो ।

भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फले नेपाल सरकारले नाका खुला नगर्दा ८० प्रतिशत भारतीय पर्यटकमा निर्भर रहेको मधेश सहित नेपालमा भारतीय पर्यटकहरु आउन नपाएको बताउनुभयो । नयाँ बर्षको समयमा नेपालको पहाडी भूभागहरुमा समेत भारतीय पर्यटकहरु पुग्ने गरेको भएपनि यस बर्ष सीमा नाका बन्द गरिएका कारण यस बर्षको अँग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरु नेपाल आउन नपाउँदा नेपालीहरुलाई ठूलो नोक्सानी भएको बताउनुभयो ।

वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नाका संचालनको बिकल्प नभएको बताउनुभयो । कोरोनाको बाहनामा नाका बन्द गरिदा ठूलो पर्यटन क्षेत्रमा घाटा भएको बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामांगले भने आफूहरुलाई प्राप्त भएको निर्देशन पालना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्