संसद बिघटनबिरुद्ध नेकपाका ८७ सांसद सर्वोच्च जाँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षको नेतृत्वमा रहेक सरकारले नै संसद भंग गरेपछि नेकपा सांसदहरु निरीह बनेका छन् । आफ्रनैले घात गरेपछि उनीहरु यतिबेला सर्वोच्च अदालतको शरणमा पुग्ने भएका छन् । नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा सांसदहरुले सर्वोच्च जाने तयारी गरेका हुन् ।

सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका बुझिएको छ । आइतबार सरकारको संसद भंग गर्ने निर्णयमा राष्ट्रपतिले लालमोहर लगाई दिएपछि नेपाली राजनितिमा खैलाबैला मच्चिएको छ । यस्तै नेकपामा कित्ताकाट सुरु भएको छ । बिभाजित नेता तथा कार्यकर्ताहरु छलफलमा ब्यस्त हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्