लेवान्डोस्की ५० गोल गर्न अग्रसर



लन्डन, (एजेन्सी) ।

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की यस वर्ष २०२० मा ५० गोल गर्न अग्रसर भएका छन् ।

बायर लिभरकुसेनविरुद्धको खेलमा लेवान्डोस्कीले दुई गोल गर्दै बायर्नलाई २–१ को जित दिलाएका हुन् । पेट्रिक सिकले १४औं मिनेटमा गोल गरेर लिभरकुसेनलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बायर्नलाई हालै ‘फिफा पुरुष वर्ष खेलाडी’ले सम्मानित भएका लेवान्डोस्कीले हारबाट जोगाए । उनले ४३औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यसपछि खेल १–१ बराबरीतिर धकेलिएको थियो । तर, लेवान्डोस्कीले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै बायर्नलाई जित दिलाएका थिए । उनी योसँगै २०२० वर्षमा ४७ गोल गर्न सफल भएका छन् । उनी वर्ष सकिने समयसम्ममा ५० गोल पूरा गर्न नजिक पुगेका छन् । साथै, यो जितले बायर्नले क्रिसमस बे्रकसम्म शीर्ष स्थानमा रहने पनि पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्