बालिका बलात्कार सबैभन्दा बढी



सीताराम अधिकारी, धादिङ ।

धादिङ जिल्लामा यस वर्ष बालिकामाथी हने बलात्कारका घटना सबैभन्दा बढी देखिएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बारे जानकारी दिन र वर्षभरीको घटनाहरुको समिक्षा गर्न धादिङबेसीमा ०७७ पुस ५ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु समेत समाबेश गर्ने गरेको छ ।

धादिङमा सन् २०२० मा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बारे कार्यक्रममा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जानकारी दिनुभएको थियो ।

बालिका बलात्कारका १६, बालिका प्रयासा ३, सामुहिक बलात्काका १ ओटा घटना रहेको छ । यसैगरि बलात्कारका २ र बलात्कार प्रयासका २ घटना रहेको छ । मानव अधिकार उल्लंघन र ज्यादतीका ३४ घटनाहरु नेपाल मानवअधिकार वर्षपुस्तकका लागि इन्सेकले समिक्षाको अबसरमा जानकारी गराएको छ ।

मानव अधिकार संरक्षणका लागि प्रहरी र कानून व्यवसायि, महिला अधिकारकर्मी, संचारकर्मी र र मानव अधिकारकर्मीहरुको सामुहिक प्रयास आवस्यक रहेको कार्यक्रममा सहभागिहरुले बताउनुभएको छ ।

जिल्ला बार एसोसिएसनका अध्यक्ष कृष्णराज अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका प्रहरी निरिक्षक (इन्सपेक्टर) जयन्ती थापा, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालकी अध्यक्ष गायत्री खतिवडा लगायतका मानवअधिकारकर्मीहरुले वर्षपुस्तकका कोभिडको समयमा नागरिक अधिकार हनन् भएका विषयहरु उल्लेख गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्