अमेरिकामा भइरहेको साइबर हमलामा रुस होइन, चीन जिम्मेवार : ट्रम्प



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्र्रम्पले देशमा भएका साइबर हमलाका लागि रुस नभई चीन जिम्मेवार भएको बताए । तर अमेरिकी विदेशमन्त्री तथा अन्य वरिष्ठ अधिकारीहरुले त्यसका लागि रुसलाई नै जिम्मेवार ठहर्याएका छन् । ट्रम्पले साइबर हमलाका बारेमा पहिलो पटक शनिबार सार्वजनिक रुपमा टिप्पणी गर्दै रुसलाई जिम्मेवार रहेको धारणालाई उपहास गरेका थिए । साइबर हमलालाई धरै महत्व पनि दिएको छैन ।

ट्रम्पको उक्त दावी विरुद्ध अमेरिकाको साइबर सुरक्षा एजेन्सीले यसबाट सरकारी तथा निजी नेटवर्कलाई गम्भिर खतरा हुन सक्नेमा सचेत गराएको छ । ट्रम्पले शनिबार एक ट्विटमा साइबर ह्याक वास्तविकता भन्दा फर्जी समाचार माध्यम धेरै ठुलो भएको उल्लेख गरेका थिए ।

आफुलाई यस विषयमा पुरै जानकारी दिइएको र सबै नियन्त्रणमा रहेको उनले बताए । सन्चार माध्यमहरु चीनको हात हुने सम्भावनालाई लिएर चर्चा गर्न डराएको उनले बताए । यसअघि विदेश मन्त्री माइक पोम्पियोले शुक्रबार अमेरिका विरुद्ध सबैभन्दा खतरनाक साइबर हमलाका पछाडी रुसको हात रहेको स्पष्ट भइसकेको बताएका थिए ।

ह्याकर्सहरु के चाहन्छ भन्ने स्पष्ट हुन नसकेको बताइएको छ । तर विशेषज्ञहरुले उनीहरुको मनसाय परमाणु हतियारसँग सम्बन्धित रहस्य, अध्याधुनिक हतियारको डिजाइन, कोविड १९ खोपसँग सम्बन्धित अनुसन्धान र सरकारका प्रमुख नेताहरु तथा ठुला उद्योगपतिका बारेमा जानकारी संकलन गर्नु हुन सक्ने बताएका छन् ।

यसबीच अमेरिकाकाको उर्जा क्षेत्रमा लगातार रुसबाट साइबर हमला भइरहेको र त्यहाँका ह्याकर्सहरुको पहुँच यसको भित्र सम्म पुगिसकेको अमेरिकी अधिकारीहरुले बताएका थिए । साइबर हमलाबाट उक्त क्षेत्रलाई बचाउन र ह्याकर्सहरुलाई त्यसबाट बाहिर निकाल्न महिनौं समय लाग्ने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्