सरकारद्वारा प्रतिनिधिसभा भंग, बैशाखमा मध्यावधि निर्वाचनको घोषणा



न्युज अफ नोपाल, काठमाडौं ।

सरकारले संसद भंग गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले संसद विघटनको प्रस्ताव गरेको हो । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका थिए । सरकारको उक्त कदमलाई सत्तारुढ दल, प्रमुख प्रतिपक्षीलगायत सर्बत्र किरोध भएको छ ।

यस्तै सरकारले मध्यावधि निर्वाचनको मिति पनि घोषणा गरेको छ । आगामी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन मितिसमेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्