‘अध्यादेश फिर्ता लिन हुँदैन’



भक्तपुर, (नेस) ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन नहुने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अध्यादेश ल्याउनु प्रधानमन्त्रीलाई संविधानले प्रदान गरेको विशेष अधिकार प्रयोग भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेले कसैले कराएकै भरमा प्रमले आफ्नो अधिकार छोड्ने नहुने भन्दै ठीक–बेठीकको टुंगो भोलि संसद् र अदालतबाट हुने बताउनुभयो ।

उहाँले अध्यादेश जारी भइसकेपछि लागू गर्नु उपयुक्त हुने र भोलि त्यसको जवाफ संसद्मा दिन प्रमले तयारी गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । यो अध्यादेशले सत्ताको भागबन्डामा बढी भाग खोज्नेहरूलाई ठाउँमा ल्याएको बताउँदै प्रधानमन्त्रीलाई दुःख दिने र भागबन्डा खोज्नेले आत्मसमर्पण गरेपछि अध्यादेश फिर्ता गर्ने तयारी गरिएको उहाँको भनाइ थियो ।

वर्तमान राजनीतिक अवस्था बिग्रनुमा नेपाली कांगे्रस जिम्मेवार भएको धारणा राख्दै अध्यक्ष बिजुक्छेले प्रमुख प्रतिपक्ष बलियो भएको भए सत्तासीन दल डराउने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्