मोडर्नालाई कोरोना विरुद्धको दोश्रो खोपको मान्यता प्राप्त



वासिंगटन,(एजेन्सी)

अमेरिकी सरकारले मोडर्नालाई कोभिड १९ विरुद्धको दोश्रो खोपको रुपमा वैधानिकता प्रदान गरेको छ । अब यसको लाखौं डोज बिक्रि वितरणका लागि कानुनी बाटो खुलला भएको छ । खाद्यान्न तथा औषधि प्रशासन ( एफडिए ) ले अमेरिकामा नै निर्मित यस खोपलाई अर्को कोराना उपचार सम्बन्धी फाइजर बायो एन टेक खोपलाई अनुमोदन गरेको एक साता पछि मान्यता प्रदान गरिएको हो ।

संयुक्त राज्य अमेरिका अहिले फाइजर खोपको धमाधम वितरण कार्य भइरहेको छ । अमेरिकी सरकारले २० करोड डोज मोडर्ना खरिद गर्ने निर्णय गरेको छ । यसैगरी ६० लाख डोज मोडर्ना निर्यातका लागि तयारी अवस्थामा राखिएको छ । विश्वमै कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढि व्यक्तिको ज्यान गएको छ ।

जोह्न होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार अमेरिका ३ लाख १३ हजार ५ सय जना भन्दा बढिको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या करिव १ करोड ७५ लाख पुगेको छ । एफडिएका प्रमुख आयुक्त स्टेफन हाह्नले शुक्रवार मोडर्नालाई मान्यता दिइएपछि अमेरिका लगायत विश्वभरि यस महामारी विरुद्ध लड्न सजिलो हुने विचार व्यक्त गरेका छन् ।

विहिवार स्वास्थ सल्लाहकार आयोगमा अठार वर्ष वा सो भन्दा माथिल्लो उमेरका मानिसलाई मोडर्नाको प्रयोगबाट कुनै खतरा नहुनेबारे भएको मतदानमा सर्वसम्मत २० मत खसेको थियो । यसै साताको शुरुमा औषधि नियमन निकायले पनि मोडर्ना खोप सुरक्षित र ९४ प्रतिशत प्रभाबकारी रहेको दावी गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर मार्फत मोडर्ना खोप उपलब्ध हुने भएकोमा सबैलाई बधाइ दिनुका साथै तत्कालै यसको वितरण शुरु हुने जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्