आज थप ७८२ जनामा कोरोना स्रंक्रमण पुष्टि, १०२९ निको भएर घर फर्किए



न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रबार थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ५७०६ जनाको परीक्षण गर्दा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । आज थप १०२९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । बितेको २४ घण्टामा १६ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्