इशाको बोल्ड पोजले तहल्का



बलिउड नायिका इशा गुप्ता सामाजिक सञ्जालमा खुब सक्रिय रहने गर्छिन्। उनी सामाजिक सञ्जालबाट अक्सर आफ्ना फ्यानका साथ हट र बोल्ड तस्वीर शेयर गर्ने गर्छिन्।

हालै मात्र पनि इशाले सामाजिक सञ्जालमा आफ्नो एक तस्वीर शेयर गरेकी छिन्, जो अहिले अत्यन्त भाइरल भइरहेको छ। तस्वीरमा इशाले टी–सर्ट पहिरेको देखिन्छ। इशाले बाथरुममा ऐनाका अगाडि यो सेल्फी तस्वीर क्लिक गरेकी हुन्। तस्वीरमा उनी अत्यन्त बोल्ड पोज दिइरहेको देखिन्छिन्। उनको यो तस्वीरमा थुप्रै लाइक आइरहेको छ भने शेयर गर्नेहरुको संख्या पनि उत्तिकै बढिरहेको छ। कमेन्ट बक्समा फ्यानहरुले हट सेल्फी र कामुकजस्ता शब्द लेखेर प्रतिक्रिया जनाइरहेका छन्। यो बोल्ड तस्वीरमार्फत इशाले ताली र गाली दुवै पाइरहेकी छिन्। तर, गालीको तुलनामा ताली धेरै पाइरहेकी छन्। धेरैजसोले उनको फिटनेसको प्रशंषा गरेका छन्।

इशा आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन्। उनी अक्सर योग गर्ने गर्छिन्। उनी योग गरिरहेको अवस्थाको फोटो पनि शेयर गरिरहेकी हुन्छिन्। यसका अलावा उनी आफ्ना ग्ल्यामर फोटोसुट पनि फ्यानका साथ शेयर गरिरहेकी हुन्छिन्।

इशाले सन् २०१२ मा जन्नत–२ नामक फिल्मबाट बलिउड फिल्म नगरीमा डेब्यु गरेकी थिइन्। जसमा बोल्ड सिन दिएर उनी एकाएक चर्चामा आएकी थिइन्। यसको अलावा रुस्तम, टोटल धमाल, बादशाहो जस्ता फिल्ममा उनले काम गरिसकेकी छिन्। उनी अन्तिमपटक फिल्म वन डेमा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्