केटो अलि कमाउने होस्



गायक सुनील कटुवाल र गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत केटो अलि कमाउने होस् सार्वजनिक गरिएको छ। दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडल सुधीर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ। उत्सव दाहालले खिचेको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन्। भिडियो विशाल इन्टरटेनमेन्टको युट्युबबाट सार्वजनिक गरिएको हो।
गीतको म्युजिक भिडियो बुधबार राजधानीमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको थियो।

गायक सुनीलले यस गीतबाट ठूलो आशा लिएको बताए। उनी यसअघिका गीतजस्तै यसलाई पनि दर्शकले मन पराउनेमा आशावादी छन्। सुनीलले गाएका दर्जनौं गीतमध्ये कपुरी क, ताराबाजी लैलै बोलको गीत चर्चित छन्। सुनीलले गाएका मुखैमा राम राम र डिजिटल फोटो बोलको गीत केहीअघि सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस्