विश्वका एक चौथाइ आवादीको पहुँच खोपसम्म नपुग्ने



वासिंगटन (एजेन्सी)

कोरोना भाइरस कहरबाट उन्मुक्ती पाउन विश्वमा एक प्रकारको होड नै चलेको छ । खोप विकसित गर्ने होड अन्तिम चरणको नतिजा आउँदै गर्दा सम्भावित सुरक्षित तथा प्रभावकारी खोपसम्मको पहुँचका लागि विकसित देश आवश्यक कदम चालिसकेका छन् । रुस, बेलायत र अमेरिका लगायत केही देशहरुले खोप अभियान थालिसकेका छन् ।

तर कतिपय विकासशिल देश खोपलाई लिएर आइरहेका यी समाचार सुनेर बसेका छन् । खोपसम्मको पहुँचका लागि सम्भवत निरर्थक प्रयासमा लागेका छैनन् । सम्भवत विश्वब्यापी खोप अभियानको हिस्सामा आउने आसमा बसिरहेका छन् ।
यसबीच एक अध्ययनले विश्वका करिब एक चौथाइ आवादीले २०२२ सम्म कोविड १९ को खोप सम्भवत नपाउने आशंका ब्यक्त गरेको छ ।

द बीएमजेमा प्रकाशित अध्ययनले खोप वितरण गर्नु , त्यसलाई विकसित गर्नु जतिकै चुनौतीपुर्ण हुनेमा सचेत गराएको छ । उक्त अखबारमा प्रकाशित एक अन्य अध्ययनले विश्वका ३ अर्ब ७० करोड वयस्क कोविड १९ खोप लगाउन इच्छुक रहेको अनुमान गरिएकोछ ।

विशेष गरी कम र मध्यम आय रहेका देशहरुमा माग अनुरुप आपुर्ति सुनिश्चित गर्न निष्पक्ष र न्यायसंगत रणनिति बनाउनु पर्ने र त्यसका लागि योजना तयार गर्न आवश्यक भएको पत्रिकाले जनाएको छ । उक्त अध्ययनले विश्व कोविड १९ खोप अभियान कार्यक्रम सन्चालन गर्ने चुनौती टीका विकसित गर्न जुटेका वैज्ञानिकहरको चुनौती जस्तै कठिन हुने छ ।

अमेरिकामा जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धातकताहरुले भनेका छन्, धेरै आय भएका देशले जसरी कोविड १९ खोपको भविष्यमा आपुर्तिलाई सुनिश्चित गरेका छन्, तर बाँकी विश्वको यसमा पहुँच अनिश्चित रहेको अध्ययनले देखाएको छ ।

खोपको आधा भन्दा बढी डोज धेरै आय भएका देशलाई प्राप्त हुनेछ । यो भनेको विश्वको आवादीको १४ प्रतिशत हिस्सा हो र बाँकी बचेका खोप कम तथा मध्यम आय भएका देशले पाउनेछ । जबकी त्यहाँ विश्वको जनसंख्याको ८५ प्रतिशत भन्दा बढी छ ।

विश्वको करिब एक चौथाइ आबादीले सन् २०२२ सम्म कोविड १९ को खोप सम्भवत नपाउने अनुसन्धानकर्ताहरुले बताएका छन् । यदि सबै खोप निर्माता अधिकतम निर्माण क्षमतामा पुग्न सफल भए भने पनि सन् २०२२ सम्म विश्वका कम्तिमा आबादीको पाँचौं हिस्ससम्म खोप पुग्न नसक्ने उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्