फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण



पेरिस (एजेन्सी)

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । फ्रान्स सरकारले यसको जानकारी दिँदै राष्ट्रपति सात दिनका लागि आइसोलेसनमा बस्न थालेको जनाएको छ । प्रारम्भिक लक्षण देखिए लगत्तै उनको कोरोना परीक्षण गरिएको जसमा संक्रमण भएको पुष्टि भएको हो ।

अब आइसोलेसनबाटै उनले काम गर्ने बताइएको छ । पोजिटिभ देखिएपछि देशको कानुन अनुसार सात दिन आइसोलेसनमा बस्नु पर्ने भएकोले म्याक्रों पनि आइसोलेसन हुने बताइएको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमणबाट ५९ हजारको मृत्य भइसकेको छ । बुधबार मात्रै १७ हजार नयाँ संक्रमित पुष्टि भएको छ ।

यसले क्रिसमस र नयाँ बर्ष अघि संक्रमित बढ्न सक्ने देखिएकोले चिन्ता बढेको छ । यसबीच विहिबार ६ बजेदेखि रातभरका लागि लकडाउनको घोषणा गरिएको छ । म्याक्रोंको नाम पनि विश्वका ती नेताहरुमा समावेश भएको छ जो कोरोनाबाट संक्रमित भए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन देखि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म कोरोनाको चपेटामा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्