जावलाखेल भलिबलको आफ्नै कभर्डहल निर्माण हुने



काठमाडौं, (नेस) ।

नेपालको प्रतिष्ठित भलिबल प्रशिक्षण केन्द्र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले अब आफ्नै कभर्डहल बनाउने भएको छ । मंगलबार यसको शिलान्यास गरिएको छ । कभर्डहल निर्माणका लागि बाग्मती प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट छुट्टयाएको केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले जानकारी गराएका छन् । उनका अनुसार कभर्डहल वैशाखतिर बनाइसक्ने नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्