आज नेकपा स्थायी समिति बैठक बस्दै



न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएकोे छ ।

पार्टीभित्र विवादले उग्ररुप लिइरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले झनै माहोल तातीएको छ । आजको बैठकमा अध्यादेशका विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ । यस्तै, बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सहमति जुटाउन प्रयास गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्