प्रधानमन्त्री ओलीद्वारा नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा माग



न्युज अफ नेपाल, काठमाडौं।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । स्थायी कमिटीका बैठक लगत्तै बालुवाटार बोलाएर ओलीले राजीनामा मागेका हुन् ।

सचेतक गुरुङले पार्टीको निर्णय नभई किन राजीनामा दिने भन्दै प्रतिप्रश्न गरेका थिए । जवाफमा ओलीले आफूबिरुद्ध गतिबिधि गर्दै हिँडेकाले राजीनामा मागेको बताए । यस बिषयमा अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट देखिएका छन् ।

ओलीले फोनमार्फत दाहाललाई गुरुङलाई सचेतकबाट हटाउन लागेको जानकारी दिएपछि प्रचण्ड असन्तुष्ट बनेका बताईएको छ । यो बिषयमा सचेतक गुरुङले भने आफूले राजीनामा दिन आवश्यक नदेखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्