१० गतेबाट एकतर्फीरूपमा हल खोल्दै व्यवसायी



पटक–पटक अनुरोध गर्दासमेत सिनेमा हल सञ्चालनका लागि सरकारले चासो नदेखाएपछि फिल्म व्यवसायीहरुले आगामी पुस १० गते शुक्रबारबाट एकतर्फीरूपमा हल खोल्ने भएका छन्। फिल्म वितरक तथा प्रदर्शकहरुको संगठन नेपाल चलचित्र संघले सोमबार विशालनगरस्थित कार्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गरी पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको हो।

सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फीरूपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसूदन प्रधानले पत्रकार सम्मेलनमा बताए। ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपियाँभन्दा बढी घाटा भएको पनि उनले बताए। महासचिव अशोक शर्माले सरकाले केवल आश्वासन मात्र दिएको बताए। ‘हरेक पटकको भेटमा हामीलाई आश्वासनमात्र दिने काम भयो। बाध्य भएर हामी हल खोल्ने निर्णयमा पुगेका हौं।’ –शर्माको भनाई थियो। हल सञ्चालनगर्दा सरकारले बन्द गराउनखोजे आफूहरु गिरप्mतारीसमेत दिनतयार रहेको उनले बताए।

‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र (चलचित्र निर्माण, वितरण तथा प्रदर्शन) क्षेत्र हो। जसका कारण निर्माता, वितरक तथा प्रदर्शकहरुको अत्यधिक आर्थिक नोक्सानी भई यो क्षेत्र नै धराशयी भएको छ भने कलाकार तथा प्राविधिकहरुलाई दैनिक गुजारा गर्न समेत कठिन भइरहेको अवस्था विद्यमान हुँदा यस क्षेत्रलाई चलायमान गराउन अत्यावश्यक भएको तथा वर्तमान समयमा लकडाउन पूर्णरूपमा हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटल, रेस्टुरेन्ट, मन्दिर, चिडिया घर, व्यापार व्यवसाय तथा सम्पूण उद्योग कलकारखाना पूर्णरूपमा सञ्चालनमा आइसकेकाले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघले चलचित्र क्षेत्रलाई चलायमान गराउनका लागि स्वास्थ्य सुरक्षाका विधिहरु अवलम्बन गरी एक मापदण्ड तयार गरेर संयुक्तरूपमा चलचित्र विकास बोर्डमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष पेस गरेका थियौं’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘त्यसै गरी तात्कालीन उपप्रधान तथा रक्षामन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलसमक्ष चलचित्र विकाु बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसमेतको संयुक्त टोलीले सीसीएमसीको समितिको बैठकमा चलचित्र घर सञ्चालन गर्ने बारेमा नेपाल सरकार, चलचित्र विकास बोर्डले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्डहरु सम्बन्धमा स्वयं उपस्थित भई व्यापक छलफल गरेर लिखितरूपमा प्रस्तुत गरेको थियो।

साथै चलचित्र घरहरु सञ्चालन एवं चलचित्र छायांकन गर्नका लागि विद्युतीय माध्यमबाट प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरिसकेका छौं। तर, आजसम्म पनि सरकारले चलचित्र घर सञ्चालन गर्नतर्फ कुनै चासो नदिएकाले संघले बाध्य भएर मिति २०७७ साल पुस १० गते शुक्रबारदेखि नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डसमेत अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने तथा सरकारसमक्ष ९ बुँदे माग राखी चरणबद्धरूपमा आन्दोलन गर्ने निर्णय भएको छ।’

संघले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन गरिनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत् महसुलको डिमान्ड चार्ज पूर्णरूपमा मिनाहा हुनुपर्ने, मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्यरूपमा कार्यान्वयन हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी बक्यौतामा कर तथा शुल्कहरु २०७८ असार मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने, चलचित्र

प्रतिक्रिया दिनुहोस्