१० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं, (नेस) ।

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) उल्लेख्य वृद्धि भएको छ । सोमबार नेप्सेमा ५६ दशमलव ७२ अंकले बढेर २०६७ दशमलव १७ बिन्दुमा पुगेको छ । कुल २०२ कम्पनीको १ करोड २८ लाख कित्ताभन्दा बढी शेयर ७ अर्ब २० करोड ४१ लाख रुपियाँमा खरिद भएको छ ।

सोमबार कारोबार भएका १२ समूहमध्ये जलविद्युत् समूहबाहेक सबै समूह बढेका छन् । जलविद्युत् समूह २१ दशमलव १५ अंकले घट्दा बैंकिङ समूह २२ दशमलव १, व्यापार समूह १६१ दशमलव ७६, होटल समूह ३६ दशमलव १६, विकास बैंक समूह ५६ दशमलव ५२, वित्त समूह ३ दशमलव ३४, निर्जीवन बीमा समूह ३७ दशमलव १४, उत्पादन समूह १०६ दशमलव शून्य ५, अन्य समूह ६३ दशमलव ३९, लघुवित्त समूह १३६ दशमलव २१, जीवन बीमा समूह १ र सामूहिक लगानी कोष समूह शून्य दशमलव १५ अंकले वृद्धि भएका छन् ।

सोमबार प्राइम लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त, नारायणी डेभपलमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त वित्तीय संस्थ, माहुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट, सर्पोट लघुवित्त र लक्ष्मी लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर, लिवर्टी इनर्जी, यूनिलिभर नेपाल, माउन्टेन हाइड्रो, कृषि विकास बैंक, रिडी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, रसुवागढी हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

कारोबारका आधारमा यस लिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ । सो कम्पनीको ७४ करोड ३९ लाख रुपियाँभन्दा बढीको कारोबार भयो । यस्तै पुनर्बीमा कम्पनीको ४६ करोड १५ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ४२ करोड एक लाख, नबिल बैंकको ३२ करोड ७९ लाख, शिखर इन्स्योरेन्सको २४ करोड ८० लाख, एनआईसी एसिया बैंकको २२ करोड ३५ लाख, शिवम् सिमेन्टको १९ करोड ४५ लाख, नेपाल दूरसञ्चार कम्पनीको १७ करोड ८५ लाखरुपियाँको शेयर किनबेच हुँदै अग्रस्थानमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्