संखुवासभामा भ्रष्टाचारविरुद्ध अभियान



इन्द्र गिरी, संखुवासभा । 

नेपाली कांग्रेस संखुवासभाका नेता एवं पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्काले जिल्लामा भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्ने बताउनुभएको छ । सोमबारसदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै नेता खड्काले नेपाल एसियाकै भ्रष्टाचारमा पहिलो मुुलुक बनेको र जिल्लाका स्थानीय तहमा पनि भ्रष्टाचार बढेको जनताको गुनासो आएकाले कांग्रेसले जिल्लामा अभियान शुरु गरेको बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने उहाँको कथन छ ।

एमनेस्टी इन्टरनेसनलले जारी गरेको प्रतिवेदनमा नेपाल एसियाकै भ्रष्टाचारमा पहिलो मुुलुक भएको उल्लेख गरेको थियो । नेकपाकै अर्का अध्यक्षले पनि सरकार चलाइराखेका प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारीको नाइके भनी आरोप लगाएका र मुलुक बर्बादीतिर गएकाले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खड्काको माग छ ।

पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति दिपन श्रेष्ठले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएकाले जिल्ला कार्य समितिको बैठकबाट निर्णय गरी जिल्लाका सबै स्थानीय तहमा खबरदारी र भ्रष्टाचारविरुद्ध कार्यकक्रम गर्ने तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्