लायन्सको अवार्ड वितरण समारोह सम्पन्न



न्युज अफ नेपाल, पोखरा ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी१ नेपालको लायन बर्ष २०१९(२० को अवार्ड वितरण समारोह सम्पन्न भएको छ । “अग्रजलाई सम्मान, कर्मशील लायन्सलाई प्रोत्साहनू भन्ने नाराका साथ ३२५ बी१, नेपालको लायन बर्ष २०१९(२०मा उत्कृष्ट कार्य सम्पादन गर्नुहुने लायन्स र लायन्स क्लबहरू एवं विभिन्न संघ संस्थाहरूको सम्मानमा सोमवार अवार्ड वितरण समारोह सम्पन्न भएको हो ।

लायन बर्ष २०१९(२० का डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले आफ़नो गभर्नर कार्यकालमा डिष्ट्रिक्टलाई सफल बनाउन उत्कृष्ट कार्य गर्ने एवं विशिष्ट योगदान पुर्रयाउनु हुने लायन्स तथा विभिन्न संघ संस्थालाई सम्मान तथा अवार्ड वितरण गर्न पाँउदा अत्यंतै ख़ुशी लागेक़ो बताउनु भयो ।

लम्सालले बर्ष भरी नै महत्वपूर्ण सहयोग गर्नु हुने लायन बर्ष २०१९-२० का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, क्याविनेट सेक्रेटरी विनोद ढुङगाना, क्याविनेट ट्रेजरर भिमराज पौडेल, डिष्ट्रिक्ट चिफ एडभाईजर महेन्द्र पौडेल लगाएतलाई सम्मान तथा अवार्ड वितरण वितरण गर्नुभएको थियो ।

समारोहमा लायन्स अफ दि एयर २०१९-२० क्याविनेट सेक्रेटरी बिनोद ढुङगाना घोषित हुनुभएको थियो भने राईज टु इम्पावर अफ दि एयर लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले प्राप्त गर्नु भएको छ ।

त्यस्तै, वेस्ट एडभाईजरी काउन्सिल मेम्बर अफ दि एयरमा डिष्ट्रिक्ट को-चिफ एडभाईज़र चन्द्र कुमार के सी र डिपुटी चिफ एडभाईज़र दुर्गा ढकाल, वेस्ट डिपार्टमेन्ट चिफमा ज्ञानु बुर्लाकोटी, वेस्ट सिनियर एडभाईज़र बिष्णुहरी फुयाल र काजीमान गुरूङ, वेस्ट सिनियर एओजीमा राजु चालिसे, वेस्ट क्लस्टर चिफमा क्रमशः शिवराज आचार्य, अर्जुन थापा, पदमलाल सापकोटा, हसन गोपाली र बिशमकुमार श्रेष्ठ रहनु भएको छ ।

यसै गरी, वेस्ट डिपुटी डिपार्टमेन्ट चिफमा बालकृष्ण शर्मा, कृष्ण प्रसाद शर्मा, हरिराज पन्त र शिवराम गौतम साथै वेस्ट मेम्बरशिप चाम्पिएन अफ दि एयर जोन चेयरपर्सन जन प्रकाश चापागाई, भर्साटाईल लायन अफ दि एयरमा जोन चेयरपर्सन अमृतप्रसाद तिवारी हुन सफल हुनुभएको छ ।

समारोहमा मस्ट एक़्टिभ एण्ड सपोर्टिभ लायन, वेस्ट रिजन चेयरपर्सन, वेस्ट ज़ोन चेयरपर्सन, इमेरगिंग लायन प्रेसीड़ेन्ट अफ दि एयर, वेस्ट क्लब अफ दि एयर, वेस्ट सर्भिस अवार्ड अफ दि एयर, वेस्ट कन्ट्रीब्यूसन अवार्ड, वेस्ट फस्ट भाईस प्रेसीड़ेन्ट, वेस्ट क्लब सेक्रेटरी, वेस्ट ट्रेजरर, लायन्स जर्नालिजम अवार्ड, सपोर्टिभ एडभाईजरी काउन्सिल अवार्ड, आउटस्ट्याडिंग क्याविनेट अफिसर अवार्ड, पर्फमिंग क्याविनेट अफिसर अवार्ड, पर्फमिंग रिजन चेयरपर्सन अवार्ड, आउटस्ट्याडिंग जोन चेयरपर्सन अवार्ड, पर्फमिंग जोन चेयरपर्सन अवार्ड, आउटस्ट्याडिंग क्लब प्रेसीडेन्ट अवार्ड, पर्फमिंग क्लब प्रेसीडेन्ट अवार्ड, मेम्बरशिप ग्रोथ अवार्ड, आउटस्ट्याडिंग फस्ट भाईस प्रेसीडेन्ट अवार्ड, आउटस्ट्याडिंग क्लब सेक्रेटरी अवार्ड, आउटस्ट्याडिंग क्लब ट्रेजरर अवार्ड लगाएतका अवार्डबाट विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

लायन बर्ष २०१९/२० मा डिष्ट्रिक्टमा रहेका ४८७ क्लब मध्येका लायन्स क्लब अफ काठमाँड़ौ मनमैजुका अध्यक्ष रमेश अधिकारी र पोखरा गण्डकीका अध्यक्ष हिरा भट्टराई वेस्ट क्लब प्रेसिडेन्ट अफ दि एयर, वेस्ट क्लब सेक्रेटरीमा लायन्स क्लब अफ पोखरा मिडटाउनका सचिव विकास भूर्तेल भएका छन ।

समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट ३२५ बी१ नेपालका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका, लायन बर्ष २०१९/२० का डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, एफडब्लुसी मल्टीपल कोर्डिनेटर दिपक श्रेष्ठ, जिएलटी मल्टीपल कोर्डिनेटर राजन लम्साल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्रलाल प्रधान लगाएतले अवार्ड वितरण गर्नुभएको थियो ।

अवार्ड वितरण समारोहमा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसिआइएफका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले लायन्सले समाजसेवामा पुर्रयाएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । समाजसेवा गाह्रो काम भएपनि लायन्सले विनास्वार्थ समाजसेवाको क्षेत्रमा थुप्रै काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

डिष्ट्रिक्ट ३२५ बी१ नेपालका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाको अध्यक्षतामा सम्पन्न समारोहमा एफडब्लुसी मल्टीपल कोर्डिनेटर दिपक श्रेष्ठ, जिएलटी मल्टीपल कोर्डिनेटर राजन लम्साल फस्ट भिडिजी विशेश्वर आचार्य, सेकेण्ड भीडिजी महेन्द्र पौडेलल लगाएतले लायन बर्ष २०१९/२० का गभर्नर इन्दु लम्सालले आफ़नो लक्ष्य अनुरूप कार्य सम्पादन गर्नु भएकोले लायन्स अन्तर्राष्ट्रियले डिष्ट्रिक्ट ३२५ बी१ नेपाललाई सर्वोत्कृष्ट डिष्ट्रिक्टमा राखी गभर्नर “एम्बेसेडर अफ गुडवीलद्वारा सम्मानित हुनु भएको हुँदा गभर्नरको कार्यकाल ईतिहासको स्वर्णिम कार्यकाल भएको बताउनु भएको थियो ।

लायन बर्ष २०१९/२० का क्याविनेट सेक्रेटरीएवं हालका को-चिफ एडभाईजर बिनोद ढुङगानाले संचालन गर्नुभएको सो समारोहमा बर्षभरी लायन्सले गरेका प्रकाशन प्रशारण गरी सहयोग पुर्रयाउने संचारकर्मी संचार गृह साथै विभिन्न संघ संस्थालाई आभार एवं धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो समारोहमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई जर्नालिजम सपोर्ट अवार्ड अफ दि एयरबाट सम्मानित गरिएको छ भने नेपाल समाचारपत्रका पोखरा प्रमुख टंकराज अधिकारीलाई आँउट स्ट्यान्डिंग़ क्याविनेट अफिसर अफ दि एयरबाट सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्