हामीमा लघुताभास किन !



प्रा.डा. तीर्थप्रसाद मिश्र ।

हामीसँग हाम्रो गौरवपूर्ण अतीतछ । आफ्नै मौलिक संस्कृति र परम्पराबाट विशिष्ट पहिचान राख्न सफल भूस्वर्ग जस्तो भूगोल छ । त्यसैले हाम्रो देशको पृथक् विशेषता छ । इतिहासका पाना पल्टाएर हेर्ने हो भने कुनै कालखण्डमा नेपाल शिक्षा, दर्शन, कला र व्यापार सबैको केन्द्र थियो । तर, हामीले आफ्नै वैभवपूर्ण संस्कृति, परम्परा, मान्यता, विश्वास र ज्ञानलाई जगेर्ना गर्न सकेनौँ । यसको महत्तान बुझी प्रत्यक्ष वा परोक्षरूपमा यसलाई अपमान, तिरस्कार र अवमूल्यन गरेकाछौँ । अल्पज्ञान र लघुताभासकै कारण हाम्रो संस्कृति र सभ्यतामाथि आघात परिरहेको छ । र, यसले समाजमा नै विचलन आउन सक्ने सङ्केत देखा परेको छ ।

पश्चिमा मुलुक विशेषतः अङ्ग्रेजसँगको सम्पर्क पश्चात् नेपाली परम्परा र संस्कृतिमा विचलन आउन थालेको हो । हामीमा अङ्ग्रेजहरू सभ्य, शिक्षित, सुसंस्कृत हुन् भन्ने भानपर्‍यो र हामी उनीहरूकै अनुसरण गर्न थाल्यौँ । यसले शनै–शनै मन्द विषको काम गर्‍यो । यसले हाम्रो खानपान, भेषभूषा, बोलाइ र समग्र संस्कृतिमा नै प्रभाव पार्‍यो । यो बुझेर–जानेर गरेको भने होइन, केवल लघुताभासको कारणबाट ।

अभिवादनको हाम्रो आफ्नै संस्कार छ । हामीले अभिवादन गर्दा प्रयोग गर्ने नमस्कार, नमस्ते, प्रणाम, दर्शनजस्ता पदावलीलाई त्याग्यौँ । र, हात मिलाएर अपनत्व प्रकट गरी शिष्टाचार गर्ने चलनलाई सर्वाधिक प्राथमिकता दियौँ । हामी हाम्रा बच्चालाई बिहान गुड मर्निङ भन्दै हात मिलाउन सिकाउँछौँ । उनीहरूलाई पिता, माता, बा, आमा, भनेर सम्बोधन गराउँदा सङ्कोच लागेर ड्याडी, ममी, फादर, मदर, पापाभन्न लगाउँछौँ । यो बुझेर पनि होइन, अङ्ग्रेजको नक्कल गरी आफूलाई पनि सभ्य देखाउन गरिएको हो । जंगबहादुरको बेलायत यात्राको वर्णनमा पनि हात मिलाइएको प्रसङ्गलाई गुड मर्निङ भनिएको छ ।

अहिले नेपालमा पनि युवापुस्तामा पश्चिमा संस्कृतिको देन फादर्स डे, मदर्स डे, भ्यालेन्टाइन डे जस्ता दिवस लोकप्रिय बन्दै गएका छन् । यसो भइरहँदा मातातीर्थ औँसी, कुसेऔँसी, गुरुपूर्णिमा, फागुपूर्णिमा जस्ता यसै भूमिमा जन्मिएका संस्कारको महत्त्व हामीले कहिल्यै बुझेनौँ र बुझाउन पनि खोजेनौँ । जन्मदिवसको अवसरमा अष्टचिरञ्जीवीको पूजा गरी संस्कारपूर्वक जन्मदिन मनाउनुको सट्टा हामी ह्याप्पी बर्थ डे भन्दै बत्ती निभाउँछौँ र केक काटेर जन्मदिन मनाउँछौँ । हाम्रो समाजमा वैशाख १ को नववर्ष लगायत अन्य सनातनी पर्वभन्दा क्रिसमस डे र जनवरी १ लाई बढी महत्त्वदिन थालिएको छ, जुन विडम्बनापूर्ण छ ।

हाम्रो खानपानमा समेत पश्चिमी प्रभाव प्रत्यक्ष देख्न पाइन्छ । पिज्जा, बर्गर, हटडग, सिज्लरजस्ता परिकारप्रति युवापुस्ता बढी आकर्षित भएका छन् ।विदेशीमदिराजन्य पेयपदार्थ प्रतीत केयुवा, के वृद्धसबैको अगाधमोह भएका दृष्टान्त देखिन्छन् । पिज्जाभन्दा धेरै पहिले प्रचलनमा रहेको चटामरी र यस्तै बारा, भक्का, ठेकुवा, मालपुवा, सेल, अनर्सा, अर्साजस्ता परिकारलाई परिचय गराउन र समयअनुसार परिस्कृत गर्दै लैजानहामीले सकेनौँ । नेपालका हिमाल,पहाड र तराईका आफ्नै परम्परागत खानाका परिकारलाई बढावा दिनहामीले कन्जुस्याइँगर्‍यौ । हाम्रो पहिरनमा पनि विदेशी प्रभाव प्रस्टै देखिन्छ । विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्य र उत्सवहरूमा हामी हाम्रो परम्परागत पोशाक पहिरिँदैनौँ । राष्ट्रिय पोशाक छाडेर टाई र सुट लगाउन बढी उत्सुक हुन्छौँ । हामी देख्छौँ,गर्मीको मौसममा पनि वैवाहिक अवसरमा दुलाहाहरू टाई–सुटमा नै सजिएका हुन्छन् । हाम्रा राजनेतामा पनि टाई–सुटप्रतिको मोह अनौठो छ ।

चिकित्साको क्षेत्रमा पनि पश्चिमाहरूको प्रभाव अत्यधिक देखिन्छ ।स्वदेशमै विकसित भएर लामो इतिहास बोकेको तथा जनमानसले रुचाएको आयुर्वेदलाई हामीले उतिसारो विश्वास समेत गरेनौँ । अङ्ग्रेजहरूको सम्पर्कमा आएपछि एलोपेथिक उपचार प्रति हाम्रो अनौठो मोह बढ्न गयो ।एलोपेथिक उपचार गराउँदै नगराउने भन्ने चाहिँ होइन, गराउनुपर्छ । कति गम्भीरर सङ्गीन रोगको उपचार आयुर्वेदबाट सम्भव पनि छैन । तर, आयुर्वेदको अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्दा यो उपचार प्रविधि पनि प्रभावकारी भई रोग निरोधात्मक शक्ति वृद्धि गर्न सहयोग हुने थियो । इतिहासविद् महेशराज पन्तका अनुसार इसाई पादरीले ल्याएका औषधिले आयुर्वेदिक औषधिलाई विस्थापित गर्दै लगेका छन् । उनीहरूले एलोपेथिक औषधिको नाममा हाम्रो मन पनि जिते । यसरी धर्मान्तरण र आयुर्वेदबाट एलोपेथिकमा सार्ने काम पादरीहरूले गरेका थिए…।(कान्तिपुर राष्ट्रिय दैनिक, भाद्र १५, २०७७) ।

गरगहना, केशविन्यास तथा सङ्गीतका क्षेत्रमा पनि पश्चिमी प्रभाव उल्लेख्यरूपमा देखिन्छ । अरू त के कुरा, नेपालीहरू पनि विदेश भ्रमणमा जाँदा त्यही ठाउँका पहिरन लगाउन रुचाउँछन् ।जस्तो कि कतिपय महिलाहरूले अमेरिका र युरोप पुग्दा पेन्ट र सर्ट नै लगाउने गरेको देखिन्छ । यसो हुनुको प्रमुख कारण आफूप्रतिको हीनताबोध वा लघुताभास नै हो । हाम्रा कतिपय अभिभावकहरू युरोप, अमेरिकातिर भएका छोराछोरीसँग सार्वजनिक स्थानमा नेपालीमा कुरा गर्दा पनि असहज मान्छन् । यसको पछाडि के कारण होला, सजिलै अनुमान गर्न सकिन्छ ।

आजहाम्राउच्चतहका राजनेताविदेशमाजाँदा अङ्ग्रेजीमा नै भाषण गर्न खोज्छन्, गर्छन् पनि। यद्यपिउनीहरूमाभाषिककुशलता छैन । भाषामाकमजोर भएकै कारण आफ्ना कुरा कुशलतापूर्वक राख्नपनिसक्दैनन् ।अन्यत्र देशकाउपल्लो तहका नेता र मन्त्रीहरूले आफ्नै राष्ट्रभाषामाभाषण दिन्छन् । आवश्यक परेमा दोभासेले अनुवाद गर्छन् । हामीलेत्यसो किन गर्न नसकेको हो ? लघुताभासकै कारण हो ।

कृषिमापनिविदेशी बीउ र मलखादको अधिकप्रयोग गर्दा जमिनको उर्वराशक्तिमापनिक्रमशःह्रासहुँदै गएको छ । कतिपय रैथाने कृषिउपजहरूलोप हुने स्थितिमा छन् भनेकतिपय रैथाने खाद्यान्न र तरकारीका बीउ नै लोप भइसके ।डा. तीर्थबहादुर श्रेष्ठको भनाइमा– रूखबिरुवातथावनस्पतिको गौरवमयइतिहास बोकेको काठमाडौँ उपत्यका परदेशीरूखबिरुवाको बिगबिगीमा परेर स्थानीय गौरव गुमाउँदो छ । वर्तमान पिँढीलाई रैथाने रूखबिरुवाहरूको नयाँ चेत सञ्चार गर्न ढिला गर्नुहुँदैन (कान्तिपुरराष्ट्रिय दैनिक, साउन १०, २०७७) ।

विदेशमा सफल देखिएकाकार्यक्रमहरू यथास्थितिमाहामीलेहाम्रो मुलुकमा लागू गर्नखोज्दाअपेक्षाकृत नतिजाआउननसकेकाप्रशस्त दृष्टान्त छन् ।यस्तो अन्धानुकरणको प्रमुख जड पनिहाम्रो लघुताभास नै हो ।

नेपालमै विकसितप्रविधिको प्रयोग नगर्दा कतिपयनिर्माणका संरचनाहरु नष्ट भएका छन् ।तर, मध्यकालमानिर्माण भएका दरबार तथा मठमन्दिर यथावत् छन् । पुराना भवन, मठमन्दिर, विहार, दरबारलगायतकासंरचनाहरूको मर्मत–सम्भारमाविदेशीप्रविधिको प्रयोग गर्दा अधिकनोक्सानीभएको भनाइवास्तुशास्त्रीहरूको रहेको छ ।

पश्चिमी संस्कृतिको अनुकरणमायुवापुस्तालाई आकर्षित गराउनहामीअभिभावक,हाम्राशिक्षालय, सामाजिकअभियन्ता र सरकारको रबैया प्रत्यक्ष–परोक्षरूपमाउत्तरदायी छ । मध्यकालदेखि नै नेपालमाइसाई धर्मावलम्बीपादरी एवम्धर्मप्रचारकहरूले शुरु गरेको इसाईकरण अभियानअहिले चरम उत्कर्षमापुगेको छ ।विशेषगरी विपन्न र दलितवर्ग उनीहरूकालक्षितवर्गमा पर्दछन् । हाम्राविद्यालयले पनिपश्चिमी संस्कृतिको परोक्षरूपमावकालतगर्दै छन् । अभिभावकहरू आफ्ना सन्तानलाई पश्चिमी संस्कृतिमा रमाउनप्रोत्साहनगरिरहेका छन् । सरकारले पनिधर्मनिरपेक्षताको नाममापश्चिमा संस्कृतिलाई बढावा दिँदै छ ।स्वयम्प्रधानमन्त्रीजस्ता नेपालीजनताकाआस्थाकापात्र केक काटेर जन्मोत्सव मनाउँछन् । इरान, इराक,अफगानिस्तानजस्ता देशमाधर्मको नाममाउग्रवादको उदयभयो ।यस्तो प्रवृत्तिले किन प्रश्रय पायो ?त्यसतर्फ हामी सबैले ध्यानदिनैपर्ने बेलाभएको छ ।

विदेशी संस्कृति,चालचलन, रहनसहनतथा भेषभूषाबिल्कुलै बहिष्कार गर्नुपर्छ भन्ने त होइन ।तर,कुनै पनिकामगर्दा बुझेर रसोचविचार गरेर गरौँ ।पश्चिमाले गरेकै ठीक भन्ने हाम्रो मनोभावनामा परिवर्तन आउनै पर्दछ, जुन कुरा स्वच्छ, समृद्ध र सुसंस्कृत नेपालनिर्माणका लागिअपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्