५० हजार पुरस्कार राशीको प्रथम तिलोत्तमा नगरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबारदेखि प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको र मंसिर ३० गतेसम्म चल्ने छ ।

वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नंबरमा सञ्चालन भएको भएको हो । प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने संयोजक गुरुङले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले अब्बल खेलाडीको पहिचान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने संयोजक गुरुङले जानकारी दिनुभयो । खेलकुद नगर संयोजक राजेन्द्र गुरुङको अध्यक्षता, दिपक खनालको सञ्चालन तथा मिलन रानाको स्वागतमा उद्घाटन कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्