रुपन्देहीको सैनामैनामा सुरु राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा ७० टिम सहभागी



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सैनामैनामा पहिलो पटक खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिवारबाट सुरु भएको छ । सबैका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल उद्देश्यका साथ सैनामैना ब्याटमिन्टन क्लव सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिकाको प्रवर्धनमा प्रतियोगिताको सुरु भएको हो ।

प्रतियोगितामा नेपाल भरका राष्ट्रिय तथा स्थानीय गरि ७० वटा टिमको सहभागिता रहेको छ । क्लबका अध्यक्ष नन्द बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्किले यस प्रतियोगिताले सैनामैना राष्ट्रिय रुपमा परिचित हुने मौका पाएको बताउनुभयो ।

ब्यस्त बयस्कहरुको स्वास्थमा यस खेलले सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता खालका खेल प्रतियोगिता भइरहनु पर्ने बताउनुभयो । सैनामैनामा बन्दै गरेका र बनिसकेका कबडहल तथा स्टेडियमहरु सैनामैना खेलकुदको पनि हव बन्दै गरेको प्रमाणित भएको बताउनु भयो ।

प्रतियोगितामा खुल्ला मेन्स डबलमा क्रमश प्रथम हुनेले ५१ हजार, द्वितीयले ३५ हजार र तृतीयलाई २० हजारसहित ट्रफी र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै भेट्रानतर्फ क्रमशः प्रथम ३० हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्