अमेरिकामा एकै साता दुई जनालाई मृत्युदण्ड



लसएन्जेल्स, (एजेन्सी)

झण्डै बिस वर्ष अघि आफ्नी शिशु छोरीको हत्या गरेको अभियोग लगाइएका एक अमेरिकी पुरुष हालै मृत्युदण्ड पाउने दोश्रो अमेरिकी नागरिक बनेका छन् । अल्फ्रेड बोर्गियस नामक ति पुरुषलाई शुक्रवार विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइएको हो । त्यसको अघिल्लो दिन अर्का अमेरिकी ब्रान्डन बर्नार्डलाई मृतयुदण्ड दिइएको थियो ।

यहि २० जनवरीमा डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्नु अघि सम्म थप अन्य तीनजनालाई मृत्युदण्ड दिइने कार्यक्रम रहेको छ । विगत सत्र वर्ष देखि संघिय मृत्युदण्डलाई रोकिएको थियो । ट्रम्पले यसै वर्षको शुरुमा मृत्युदण्ड सुचारु गर्न आदेश दिएका थिए ।

यदि बाँकी मृत्युदण्ड पनि कार्यान्वयन गरिने हो भने एक शताब्दि भन्दा लामो समय पछि सबैभन्दा बढि मृत्युदण्ड देख्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुने भएका छन् । यहि २० जनवरी देखि सत्ता सम्हाल्न लागेका राष्ट्रपति बाइडेन डेलावरको सिनेटर रहँदा देखि नै मृत्युदण्डको कट्टर समर्थक रहेका छन् ।

पेशाले ट्रक ड्राइभर रहेका अल्फ्रेड बोर्गियसले हत्या गर्नु अघि आफ्नी दुई वर्षिया छोरीलाई यौन र शारिरीक यातना दिएको अदालतले जनाएको छ । तर थुप्रै वकिलहरुले उनको नाजुक मानसिक अवस्थाको कारण उनलाई मृतयुदण्ड नदिन आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्