विद्यालयहरु प्रविधिमैत्री र प्रविधियुक्त हुनैपर्छ : शिक्षा मन्त्री पोखरेल



बुद्ध नेपाली, सिन्धली ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले देशको शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि विद्यालयहरु प्रविधिमैत्री र प्रविधियुक्त हुनुपर्ने बताउनुभएको छ । बिहीवार सिन्धुलीको मरिण गाउपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

मन्त्री पोखरेलले अहिलेको समयमा प्रविधिको प्रयोग विना कुनै पनि सामुदायिक विद्यालयको विकास हुन नसक्ने भन्दै शिक्षक प्रविधिमा अध्यावधिक गर्नुपन बताउनुभयो ।‘हाम्रो देशमा गाउँ र सहर, निजी र सार्वजनिक, आर्थिक स्रोत साधन भएका र नभएका विद्यालय, हाम्रोमा प्रविधि भएका र नभएका विद्यालय बिचमा खाडल छ ।

विद्यालयको शिक्षामा गुणात्मक सुधार दिने हो भने विद्यालय प्रविधिमैत्री पनि बनाउनुपर्छ । प्रविधि युक्त पनि बनाउनु पर्छ । प्रविधिको प्रयोग विना शैक्षिक सुधार हुनेछैन । त्यसका लागि सबै शिक्षकहरु प्रविधिमा अध्याबधिक हुन जरुरी छ ।’ मन्त्री पोखरेलले भन्नुभयो ।

मन्त्री पोखरेलले स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रि आवश्यकतालाई पक्रियर विद्यार्थीलाई शिक्षा दिनुपर्ने बताउनुभयो । अस्थायी शिक्षकहरुको समस्या हाल भएको भन्दै मन्त्री पोखरेलले अव शिक्षक हुनका लागि लोकसेवा आयोग पास गनैपर्ने व्यवस्था सरकारले लागु गर्ने बताउनुभयो ।‘अब हामी १७ थरीका शिक्षक राख्न सक्दैनौ ।

शिक्षक हुनका लागि लोकसेवा आयोग पास गर्नैपर्छ ।’ मन्त्री पोखरेलले भन्नुभयो । कतिपय स्थानिय तहमा धमाधम स्थानिय सरकारले शिक्षक नियुक्ती गरीरहेको भन्दै मन्त्री पोखरेलले संविधानले शिक्षक नियुक्तीको अधिकार स्थानिय तहलाई नदिएको बताउनुभयो । ]

‘संविधानले विद्यालय शिक्षाको अधिकार स्थानिय सरकारको भएपनि शिक्षक नियुक्तीको अधिकार दिएको छैन् । तिन तहको सरकार मिलेर काम गर्नुपर्छ ।’ मन्त्री पोखरेलले भन्नुभयो । मन्त्री पोखरेलले २०७२ सालको विनासकारी भुकम्पका कारण क्षति भएको विद्यालयहरुको पुन निर्माणको काम यो बर्ष भित्रमा मोटामोटी रुपमा सक्ने लक्ष्यमा सरकार रहेको बताउन्भयो ।

कोरोना भाईरसका कारण शैक्षिक क्षेत्र प्रभावित नहोस भनेर महामारी सुरु भएदेखि नै स्थानिय सरकारलाई आवश्यक बजेट पठाएर बैकल्पीक माध्यमबाट पठनपाठन संचालन गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले पालिकाले शिक्षा र स्वास्थ्यको सुधारका लागि ठुलो बजेट लगानी गरेको बताउनुभएको छ ।

एसियाली विकास बैंक एडिबीको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले भवन बनाएको हो । कन्टेक लुम्बीनी जेभीले ठेक्का पारी निर्माण गरेको भवन कुल ११ करोड ६६ लाख ७३ हजार ४३५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । २१ कोठाको भवन बालमैत्री तथा अपांगमैत्री रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्