मस्कोमा रोवोटले घरघरमा खाना पु-याउँदै



मस्को (एजेन्सी)

रसियाको राजधानी मस्कोमा यान्डेक्स डट रोभर नामक चालक विहिन रोवोटले घर घरमा ग्राहकहरुलाई रेस्टुरेन्टका तातात्तो खाना पु-याउन थालेको छ । कोरोना भाइरस महामारीलाई ध्यानमा राखेर रुसी इन्टरनेटको विशाल कम्पनी यान्डेक्सले यस भरपर्दो सेवा सुरचारु गरेको हो ।

मस्कोमा दि यान्डेक्स डट इट्स एप खाद्यान्न तथा अन्न सामानहरुको आपुर्तिका लागि एक चिरपरिचित नाम बन्दैछ । पहिला पहिला घरमै बसेर खानाको अर्ड गर्नेहरुलाई मानिसहरुले नै खाना पु-याउँदै आएको हो । केहि समय अघि परिक्षणका रुपमा शुरु गरिएको यस यान्डेक्स सेवाले विस्तारित रुप लिँदै गरेको यान्डेक्सका महिला प्रवक्ताले बताएकी छन् ।

ग्राहकहरुले यसरी आफ्नोअर्ड बमोजिम खाना बोकेर आउने रोवोटको बाकस आफ्ना स्मार्ट फोन प्रयोग गरी अनलक गर्छन् र खाना निकाल्छन् । व्हाइट स्क्वायर क्षेत्रमा अहिले तीनजना रोवोट कार्य रत छन् । तर मस्को शहरभरि भने बिसवटा रोवोट परिचालित छन् ।

यान्डेक्सले पहिले देखि नै सामान आपुर्ति गर्ने काममा डेलिभरि क्लबसंग प्रतिस्पर्धा गर्दै आएको हो । केहि समय अघि लक डाउनका समयमा पनि घरघरमा सामान पु-याउने कुरियरहरुको सम्मानमा पाँच वटा खुद्रा सामान बिक्रेता कम्पनीले मस्कोमा एउटा स्तम्भ निर्माण गराएका थिए । यान्डेक्स केहि व्यक्ति माझ रुसी गुगलको रुपमा पनि परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्