बाइडेनका छोरा हन्टर बाइडेन माथि अनुसन्धान चल्दै



काठमाडौं ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् ।

उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ ।

हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताउँदै आफूले करको विषयलाई कानूनी र सही ढङ्गले ह्यान्डल गरिरहेको कुरा अनुसन्धानले स्पष्ट गर्ने कुरामा आफू ढुक्क भएको बताएका छन् । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्