अनुपको भिडियो सार्वजनिक



गायक अनुप खतिवडाको के दिनमा बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा इन्दिरा पौडेलको शब्द रचना, अशोक थापाको संगीत तथा एरेन्ज रहेको छ।

युवा–युवतीको रूप र सौन्र्दय बीचमा रहेको प्रेम र आकर्षणलाई यो गीतले प्रमुख विषयवस्तु बनाएर प्रस्तुत गरेको छ।

गीतको म्युजिक भिडियोमा उमेश पौडेल र अस्मिता ओलीको मुख्य भूमिका रहेको छ भने प्रकृति कडरिया र भिष्म न्यौपानेले पनि अभिनय गरेका छन्।

भिडियो पूर्वीनेपाल झापाको रमणीयस्थललगायत चिया बगानमा छायांकन गरिएको छ। कृष्ण अनमोलले निर्देशन गरेको म्युजिक भिडियोमा तिलक रिजालको छायांकन र सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्