सरकारविरुद्धको कांग्रेसको शक्ति प्रदर्शन



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस मकवानपुरले कम्युनिष्ट सरकारले गरेको दमनकारी दुव्र्यबहार, स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा मंसिर २९ गते हेटौंडामा १० हजार मानिसलाई प्रदर्शनमा उतार्ने भएको छ ।

कांग्रेस हेटौंडा उपमहानगर, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडा उपमहानगरका १९ वडा, थाहानगर र ८ गाउ“पालिकाबाट १० हजार प्रदर्शनकारीलाई हेटौंडामा उतारेर कम्युनिष्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानिया“को प्रमुख आतिथ्यतामा बसेको नगर कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा जिल्ला कार्यसमिति उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानिया“, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापतिहरु, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका सभापति, वडाध्यक्षहरु, स्थानीय निकाय निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको उपस्थिति थियो ।

कांग्रेसको तरुण विभाग, भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि बुधबार जिल्ला पार्टी कार्यालयमा बैठक राखी विरोध प्रदर्शनमा जिल्लाका १० वटै स्थानीय निकायबाट तरुण युवा र विद्यार्थीहरु हेटौंडामा हुने विरोध प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिले तनहु“मा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यबहार, कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्