भारत बायोटेकको कोरोना खोप लिने मन्त्री कोरोना संक्रमित



नयाँदिल्ली (एजेन्सी)

भारतको हरियाणा राज्यका गृहमन्त्री अनिल विज कोरोना संक्रमित भएका छन् । सामाजिक सन्जाल मार्फत अनिब विज आफैले यसको जानकारी दिएको हो । आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन पनि उनले भनेका छन् ।
अनिल विज नोभेम्बरमा भारत वायोटकको कोरोना खोपको तेस्रो परीक्षणमा सहभागी हुने पहिलो स्वयंसेवक थिए । यस घटनालाई लिएर कम्पनीका तर्फबाट स्पष्टिकरण दिएको छ । भारत बायोटेकले जारी गरेको विज्ञप्तीमा कोभ्याक्सिन दुई परीक्षणको सेड्युल हो । दुई डोज २८ दिनमा दिनु पर्ने हुन्छ । दोस्रो डोज १४ दिनपछि दिनु पर्ने हुन्छ, त्यसपछि मात्र यसको प्रभावकारिता थाहा हुन्छ । कोभ्याक्सिनलाई त्यसरी नै विकसित गरिएको छ कि दुई डोज लिएपछि मात्र यसले असर देखाउनेछ ।
कोरोनासँग लड्न भारत बायोटेकले कोभ्याक्सिन खोप विकसित गरेको हो । जुन अहिले भारतमा परीक्षण भइरहेको छ । यसको तेस्रो चरणको परीक्षण नोभेम्बर २० मा शुरु भएको थियो । यसको अन्तिम चरणमा विजलाई पहिलो डोज दिइएको थियो । मन्त्री विजले यस परीक्षणका लागि आफै स्वयंसेवक बन्न पहल गरेको थियो । उनलाई कोभ्याक्सिनको दोस्रो डोज २८ दिनपछि दिनु थियो तर त्यो भन्दा अघि नै उनी कोरोना संक्रमित भए ।
भारतका २० अनुसन्धान केन्द्रमा कोरोना खोपको तेस्रो परीक्षण चलाइएको छ । यस अभियानमा करिब २६ हजारलाई कोरोना खोप दिइने छ । यी केन्द्रमा पीजीआईएमएस पनि समावेश छ । भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)सँग मिलेर यो परीक्षण गरिरहेको छ । पहिलो दुई चरणमा जसलाई यो कोरोना खोप दिइएको थियो उनीहरुमा कुनै प्रकारको साइड इफेक्ट देखिएको छैन । कुनै पनि स्वयंसेवकमा कोरोना संक्रमित भएको रिपोर्ट पनि आएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्