बाइडेनको रक्षामन्त्री पुर्व चारतारे जनरल अस्टिन, पहिलो अश्वेत



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति निर्वाचित जोय बाइडेनले सेनाका अवकास प्राप्त जनरल लोयड अस्टिनलाई देशको नयाँ रक्षा मन्त्रीका लागि चयन गरेका छन् । अस्टिनको नियुक्तिको घोषणापछि देशको रक्षा मन्त्री हुने उनी पहिलो अश्वेत भएका छन् । जनरल अस्टिन पहिलो चार तारे जनरल हुन् जसले युद्धको मैदानमा बहादुरी देखाएपछि अब पेन्टागनमा रक्षामन्त्रीको पद सम्हाल्ने छन् ।

जनरल अस्टिन युद्धको मैदानमा सेनाको एक डिभिजनको नेतृत्व गर्ने पहिलो अश्वेत जनरल भएको अमेरिकी न्युज वेबसाइट पोलिटिकोले जनाएको छ । जनरल लोयडको नियुक्तीको घोषणा मंगलबार विहान गरिएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डबाट सन् २०१६ मा अवकाश प्राप्त जनरल लोयड अस्टिन हालैका दिनमा रक्षामन्त्री पदका लागि प्रबल दावेदार मानिएको थियो ।

यसअघि पुर्व राष्ट्रपति बाराक ओबामाका एक पुर्व सहयोगीको नाम यस पदका लागि चयन गरिएको थियो तर पछि यस दौडमा पछाडी परे । विगत केही हप्तादेखि बाइडेनमाथि कुनै अश्वेत ब्यक्तीलाई देशको रक्षा मन्त्री बनाउन दबाव बढेको थियो ।

अस्टिनको नियुक्तीलाइ लिएर बाइडेनका एक सहयोगी बेन्नी थाम्सनले जनरल देशको दक्षिणी इलाकाको भएको र सेनामा उनको करियर अत्यन्त राम्रो भएको बताए । जनरल अस्टिन रक्षा मन्त्री पदका लागि अत्यन्तै उपयुक्त हो । अस्टिनको नियुक्ती प्रकरणमा सम्बद्ध एक ब्यक्तीले जनरल अस्टिन संकटका बेला सधैँ सक्षम प्रमाणित भएका्ेले बाइडेनले चयन गरेको बताए ।

सेना भित्र पनि उनको धेरै सम्मान छ । उपराष्ट्रपति रहँदा दुईजना सँगै काम गरिसकेकोले पनि बाइडेनलाई जनरल अस्टिन प्रति विश्वास रहेको बताइएको छ । इराक संकटका क्रममा बाइडेन र अस्टिन मिलेर काम गरेका थिए । अस्टिन इराकमा अन्तिम कमाडिंग अमेरिकी जनरल थिए ।

प्रतिक्रिया दिनुहोस्