दार्चुला ट्रक दुर्घटना : ज्यान गुमाएका सबैको पहिचान खुल्यो



न्युज अफ नेपाल, दार्चुला ।

दार्चुलामा ट्रक दुर्घटना हुदा चालकसहित तीन जना पुरुषको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक आईतबार राती मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५ का ट्रक चालक २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका–६ का २४ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका १७ वर्षीय चन्द्रसिह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।

मृतक तीनै जनाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । तीनै जनाका आफन्त दार्चुला सदरमुकाम पुगेका छन् ।

प्रहरी निरीक्षक ऐरीले भन्नुभयो, आईतबार राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई प्राप्त भएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरेका थियौँ । प्रहरीले राती साढे १२ बजे ट्रक खोल्सामा खसेर तीन जनाको मृत्यु भइसकेको अवस्थामा शव फेला पारेको हो । ट्रक सडकबाट झण्डै एक सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रक क्षतबिक्षत भएको छ ।

प्रतिक्रिया दिनुहोस्