बिवाह गर्दै मनोज गजुरेल



न्युज अफ नपाल, काठमाडौं ।

बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन् । बिहेको मिति भने तय  भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् ।

आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनले को संग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेक जानकारी दिएका छैनन् ।

उनी केही समय अघि कोरोना संक्रमणमुक्त भएका थिए । फरक-फरक पात्र र परिवेश समेटेर बौद्धिक हाँस्यब्यंग्य गर्ने गजुरेल विश्वभरका नेपालीमाझ उत्तिकै लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्