जनप्रतिनिधीकै मिलेमतोमा विद्यालयको जग्गा व्यक्तिको नाममा गराइएको भन्दै स्थानीयको बिरोध



न्युज अफ नेपाल, बुटवल ।

जनप्रतिधिी कैे मिलेमतोमा विद्यालयको नाममा रहेको सार्वजनिक जग्गा बेचिएको भन्दै स्थानीय वासिन्दाहरुले बुटवल उपमहानगरपालिका वडा नं १७ को वडा कार्यालय घेराउ गरेका छन् । विद्यालयको जग्गा विद्यालयकै नाममा फिर्ता ल्याउने माग गर्दै आइतबार दिउसो स्थानीयहरुले वडा कार्यालय घेराउ गरेका हुन् ।

स्थानीयहरुले भू–माफियालाई कारबाही गर,व्यक्तिका नाममा गएको सार्वजनिक जग्गा विद्यालयकै नाममा फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकार तथा जनप्रतिनिधिको भए पनि जनप्रतिनिधिकै मिलेमतोमा विद्यालयको जग्गा व्यक्तिलाई बिक्रि गरिएकोले बिरोध गरिएको स्थानीय मीना पंगेनीले जानकारी दिनु भयो ।

वुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्ज स्थित जनशक्ति नमूना भीमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयको नाउमा रहेको जग्गामा भीमप्रसाद न्यौपानेले घर निर्माण गरिएपछि मात्रै स्थानीयहरुले विद्यालयको जग्गा बेचिएको थाहा पाएको उनिहरुले बताएका छन ।

विद्यालयको संरक्षक समेत रहेका वडा अध्यक्षकै मिलेमतोमा विद्यालयको जग्गा व्यक्तिलाई बिक्रि गरेको भन्दै स्थानीयहरुले वडा अध्यक्ष सन्त बहादुर रानाको बिरोध गरेका थिए । स्थानीयहरुले वडा कार्यालय घेराउ गर्दैछन भन्ने थाहा पाएर वडा अध्यक्ष रानाकी श्रीमती,छोरा–छोरीहरु युवाहरुको एक समूह लिएर वडा कार्यालय परिसरमा गई प्रदर्शनकारीहरुलाई धम्क्याएका थिए ।वडा कार्यालयको सूरक्षका लागि नगर प्रहरी,जनपथ प्रहरी परिचालन भए पनि सूरक्षाकर्मीहरुकै अगाडी प्रदर्शनकारीहरुलाई धम्क्याएका थिए ।

पुष्टि नभएका बिषयमा समाचार प्रकाशन प्रसारण नगर्न भन्दै वडा अध्यक्षका छोरा–छोरी,श्रीमती तथा उनिहरुसँग गएका युवाहरुले पत्रकारहरुलाई समेत दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । घटनाको बिषयमा प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष रानाले प्रतिक्रिया दिन चाहेनन् ।

विद्यालयको नाममा रहेको सार्वजनिक जग्गा वडा अध्यक्ष रानाकै रोहवरमा २ वर्ष अघि बेचिएको हो ।वडा अध्यक्षकै मिलेमतोमा विद्यालयको जग्गा व्यक्तिलाई बेचिएको बिषयमा बिरोध गर्ने स्थानीय अगुवाहरुलाई वडा अध्यक्ष रानाले उल्टै झुठा मुद्धा लगाएर फसाउने षडयन्त्र गरेको भन्दै स्थानीयहरु थप आक्रोसित बनेका छन् ।

विद्यालयको जग्गा मिचेर ब्यक्तिले घर बनाएको थाहा पाएपछि विद्यालयले वडा कार्यालयमा निवेदन लेखि वडा अध्यक्षलाई जानकारी दिए पनि विद्यालयको प्रमुख संरक्षक समेत रहेका वडा अध्यक्ष सन्त बहादुर रानाले संरक्षण गर्नु पर्नेमा विद्यालयको जग्गा मिच्ने ब्यक्तिलाईनै बेच्नुले वडा अध्यक्षको नियतमाथी शंका गर्ने ठाउँ देखिएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्