शिक्षा मन्त्रालयद्वारा एनसिइ र ग्लोबल एक्सनलाई कारबाही गर्न गृहलाई पत्र

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक प्रकरण



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई ) नेपाल र त्यसस)ग आबद्ध ग्लोबल एक्सन नेपाललाई कानुनी कारबाही अघि बढाएको छ । मन्त्रालयको सहमति नलिई ग्लोबल एक्सन नेपालको आर्थिक सहयोगमा उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन छपाई गरी सार्वजनिक गरेपछि दुई संस्थालाई कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी सरकारको निशानछाप प्रयोग गरी मन्त्रालयको नामबाट प्रतिवेदन सार्वजनिक गरेको थियो । गैरसरकारी संस्थालाई अनमति बिना सरकारको लोगो र निशान छाप प्रयोग गर्ने अधिकार नभएको अवस्थामा आयोगका केही सदस्यलाई भेला गराएर एनसिई नेपालले शनिबार लुकाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

गैरसरकारी संस्थाहरुले मन्त्रालयको नाम र निशान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारमा रहेको प्रतिलिपि अधिकारको समेत उलंघन गरेको हुदा आवश्यक कारबाहीको लागि गृहलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

यस प्रकारको कार्यमा संलग्न दुई गैर सरकारी संस्थासंग मन्त्रालय र मातहतका निकायले गर्दै आएको सहकार्य आजकै मितिदेखि बिच्छेद गरिएको छ ।यस प्रकारको अनाधिकृत कार्य गर्ने संस्था वा निकायसंग मन्त्रालय र अन्तर्गतका निकायहरुबाट शैक्षिक कार्य गर्न गराउन कुनैपनि प्रकारको सिफारिस नहुने व्यहोरा समेत शिक्षामा संलग्न विकास साझेदार लगायत सबैलाई जानकारी गराइन्छ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इनसिई नेपालले आयोगका सदस्य र केही शिक्षाविद्को उक्साहटमा दरबार हाइस्कुलमा प्रतिवेदन सार्वजनिक गरेका थिए । आयोगका १३ सदस्यले प्रतिवेदन सार्वजनिक गर्नासाथ आयोगका सदस्य समेत रहनुभएका पुर्वमन्त्री डा. गंगालाल तुलाधरले कडा आपत्ती जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्