नास्पती खाएर लोखर्के मात्तियो



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको मिनेसोटाकी एक महिलाले घरमा सरसफाइ गर्ने क्रममा रेफ्रिजेरेटरबाट केहि बिग्रेका नास्पती निकालेर बाहिर लोखर्केले खाओस् भनी राखिदिएकी थिइन् । तर ति नास्पती मध्ये एउटा कुहिएर रक्सी पार्न सक्ने स्थितीमा पुगिसकेको रहेछ । त्यहिं नास्पती खाएर मात्तिन पुगेको एउटा लोखर्केको उनले भिडियो समेत खिचेकी छन् ।

क्याटी मोर्लोकले मिन्निपोलिस स्थित फोक्स न्युजलाई भनेकी छन् , ‘ त्यो लोखर्केले कुहेको नास्पातीको सानो टुक्रा खाएर भाग्यो । केहि समय पछि फर्कँदा त त्यसको हालत खराब भइसकेको थियो । मैले कुरा बुझ्ना साथ त्यो कुहेको नास्पाती अन्यत्र सुरक्षित स्थानमा फ्याँकी दिएँ ।

भिडियोमा मात्रिएका लाखर्केको खुट्टा काँपेको तथा टाउको झुलेको स्पष्ट देखिन्छ । प्रायशः आफ्नो घरको आँगनमा आइरहने यस लोखर्केलाई क्याटीले ‘ लिल रेड ’ नाम दिएकीछन् । उनले यस घटनाको भोलिपल्ट आउँदा लोखर्के फ्रेस देखिएको हाँस्दै बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्