घोडाको टाउको चीनलाई फिर्ता



बेइजिंग,(एजेन्सी)

एक सय साठी वर्ष अघि चीनको पुरानो समर प्यालेसबाट लुटिएको घोडाको टाउकोको मुर्ति सही स्थानमा फर्किने त्यहाँको पहिलो कला कृति भएको छ । दोस्रोे अफिम युद्धको दौरान वेलायती र फ्रेन्च फौजले चीनमा हमला गेर्न क्रममा लुटिएका १२ वटा प्रसिद्ध जनावरका टाउकाका मुर्ति मध्ये यो पनि एक हो ।

आधा भन्दा अन्य लुटिएका अनुपम कलाकृति फर्काइए पनि तिनीहरुलाई अहिले चीनका विभिन्न संग्रहालयहरुमा राखिएका छन् । तर पाँच वटा मुर्ति अझै पनि हराइरहेकै अवस्थामा छन् । यो घोडाको टाउको मकाउका ठूलो व्यापारी स्टान्ली होले सन् २००७ मा हंगकंगमा सोडवाइ लिलाम गृहले आयोजना गरेको लिलाममा ८९ लाख अमेरिकी डलर तिरेर खरिद गरेका थिए ।

उनले सन् २०१९ मा चीन सरकारलाई दान स्वरुप यसलाई हस्तान्तरण गरेका थिए । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाका अनुसार ओल्ड समर प्यालेसमा एउटा मन्दिर बनाई यसलाई सजाउने तयारी गर्न एक वर्ष लागेको हो ।

प्रतिक्रिया दिनुहोस्