गजलमा खास लाग्न थाल्यौ



गायक तथा संगीतकार विपीन घिमिरेको गीत गजल खास लाग्न थाल्यौको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियो साम्बी इन्टरटेनमेन्ट च्यानलबाट सार्वजनिक गरिएको हो।

विपीन आफैंले संगीत दिएको गीत गजलमा नारायणप्रसाद सापकोटाको रचना र किरण कँडेलको संगीत संयोजन रहेको छ। बाटोमा आफ्नै स्कुटरले ठक्कर दिएर लडेको मानिसलाई उद्धार गर्दा माया बसेको भिडियो गीत गजलले पस्किएको छ।

भिडियोमा विशाल पोखरेल र मोडल सरिता भारती छिन्। खास लाग्न थाल्यौ गीतको म्युजिक भिडियो गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। भिडियोमा रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपीन’ को सम्पादन तथा रंग संयोजन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्